८ आश्विन २०८१, मंगलबार

बिहान बस्ने भनिएको एमाले स्थायी समितिको बैठक ओलीले बेलुकाका लागि सारे

प्रकाशित मिति :  24 August, 2021 11:33 am


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बस्ने भनिएको स्थायी समितिको बैठक बेलुकाका लागि सारेका छन् ।

मंगलबार ११ बजेका लागि तय भएको बैठक अपरान्ह ३ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी सार्वजनिक गरेका हुन् ।

ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बस्ने भनिएको सो बैठक तयारी नपुगेकाले सारिएको जनाइएको छ ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला नेपालको पक्षबाट अध्यक्ष ओलीसँग वार्ता गर्दै आाएका नेताहरूलाई तेस्रो धारको रूपमा उल्लेख गर्ने गरिएको छ ।

उनीहरूले प्रधानमन्त्री शेरबहादुरको पक्षमा मतदान गरेका नेपाललाई छोडेर एकता गर्ने भनी छुट्टै समूह बनाएका छन् ।

ओलीले उनीहरूसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयन गर्ने जनाएपछि त्यसको अन्तिम मोडालिटीबारे छलफल गर्न मंगलबार बिहान ११ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।

त्यो बैठकलाई तयार नपुगेको भन्दै ओलीले सार्न लगाएका हुन् । नेता नेपालको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि  निर्वाचन आयोगले भदौ ९ गते बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !