५ आश्विन २०८१, शनिबार

दक्षिणपूर्व एसियामा आएर अमेरिकी उपराष्ट्रपति ह्यारिसले चीनको आलोचना गरिन्

प्रकाशित मिति :  24 August, 2021 11:57 am


काठमाडौं । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले साउथ चाइना सीमा चीनले अरुलाई थर्काइरहेको आरोप लगाएकी छिन् ।

दक्षिणपूर्व एसियाको भ्रमणमा रहेकी उपराष्ट्रपति ह्यारिसले सिङ्गापुरमा आयोजित कार्यक्रममा चीनको आलोचना गरेकी हुन् ।

भ्रमणको क्रममा ह्यारिस पहिलो पाइला सिङ्गापुरमा टेकेकी छिन् । अमेरिकाले आफ्ना सहयोगी देशहरूको साथमा उनीहरूको खतरा सामना गर्न उभिने उनले विश्वास दिलाइन् ।

अमेरिकाले दक्षिण पूर्व एसियाली देशहरूमा आफ्ना प्रतिबद्धता दोह-याउन उपराष्ट्रपति ह्यारिसको यो भ्रमण आयोजना गरिएको देखिएको छ ।

अफगानिस्तानबाट अमेरिकाले सेना फिर्ता गर्ने कार्य साहा र सही भएको उल्लेख गर्दै उपराष्ट्रपति ह्यारिसले साउथ चाइना सीमा चीनले बलमिच्याइँ गरेको आरोप लगाइन् ।

चीनले साउथ चाइना सीमा गरेको दाबी गलत भएको सन् २०१६ मा न्यायमण्डलको निर्णय भएकाे जनाउँदै उनले सार्वभौम देशहरूसँग विधिमा आधारित व्यवहार चीनले नगरेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !