स्थगित गरिएको कक्षा १२ को परीक्षा गराउन संसदीय समितिको निर्देशन
प्रकाशित मिति : 24 August, 2021 12:58 pm
काठमाडौं । स्थगित गरिएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर तत्कार परीक्षा गराउन निर्देशन दिएको हो । विश्व विश्द्यालयका तथा अन्य परीक्षाहरु संचालन भइराखेको भन्दै समितिकी समापति जयपुरी घर्तीले तत्काल परीक्षा गराउन निर्देशन दिएकी हुन् ।
गत जेठमा संचालन गर्ने भनिएको परीक्षाकोरोना संक्रमणका कारण स्थगित भएको थियो । कोरोना संक्रमणदर घटेपछि स्वास्थ्य मापदण्ड पालाना गरेर गत साउनको ३१ बाट हुन लागेको परीक्षा पुनः स्थगित भएको थियो ।