८ आश्विन २०८१, मंगलबार

सानेपा पुगेर शेखर, अर्जुननरसिंह र गगन थापाले गरे धर्ना कार्यक्रमको समर्थन

प्रकाशित मिति :  24 August, 2021 1:22 pm


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रिय कार्यालय सानेपामा धर्ना कार्यक्रम जारी राखेका छन् ।

नेता पौडेल पक्षका जिल्ला सभापतिको उक्त धर्ना कार्यक्रमलाई समर्थन गर्न मंगलबार नेताहरु कमला पन्त, गगनकुमार थापा, अर्जुनरिसंह केसी र डा शेखर कोइराला सानेपा गएका छन् ।

जिल्लामा रहेको सभापतिहरुले क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गर्नुपर्ने भन्दै क्रियाशील सदस्यता सच्याउने समय दुई दिन थप्न माग गरि जिल्ला सभापतिहरू धर्नामा बसेका हुन्।

उनीहरुले क्रियाशील सदस्यको सूची पार्टीको वेबसाइटमा राख्न शनिबार नै दुई दिनको समय दिएर सभापति शेरबहादुर देउवालाई इमेलमार्फत ज्ञापन पत्र बुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस !