१३ मंसिर २०८१, बिहिबार

बाँकेमा दुई जना कोरोना संक्रमितहरुको मृत्यु

प्रकाशित मिति :  24 August, 2021 2:15 pm


काठमाडौं । बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलाली र बर्दियाका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

कैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो । उनीमा सोमबार मात्रै संक्रमण पुष्टि भएको थियो ।

यस्तै बर्दियाको मधुवन नगरपालिका–४ की ७० वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्तपालमा मंगलबार बिहान ९ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा भदौ २ गते संक्रमण पुष्टि भएकोमा थियो ।



प्रतिक्रिया दिनुहोस !