८ आश्विन २०८१, मंगलबार

पूर्व माओवादी नेतासहितको एमाले स्थायी कमिटीको बैठक सुरु

प्रकाशित मिति :  24 August, 2021 4:28 pm


काठमाडौं । पूर्व माओवादी नेतासहितको नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने जनाए पछि त्यसको मोडालिटीबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको हो ।

बिहान ११ बजे सुरु गरिने भनिएको बैठक बेलुका ३ बजेका लागि सारिएको थियो ।

अध्यक्ष ओलीको प्रतिबद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेकाहरू सहभागी भएका छन् ।

सो बैठकमा माओवादी केन्द्र परित्यागेर एमालेका नेताहरू पनि बैठकमा समेत सहभागी भएका छन् ।

बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार तलदेखि माथिका कमिटीहरूलाई कसरी समायोजन गर्ने त्यसको कार्यतालिका बनाउने नेताहरूले अपेक्षा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !