नेप्से ५६ अंकले घट्दा १४ कम्पनीको सेयर मूल्यमा उल्टो सर्किट
काठमाडौं । केही दिनदेखी लगातार उकालो लाग्दै नयाँ र्कीतिमान कायम गरेको नेप्से परिसूचक यस साताको कारोबारको पहिलो दिन नै भारी अंकले ओरालो लागेको छ । मंगलबार नेप्सेमा हाइड्रो समुहका कम्पनीनको सेयर मूल्यमा भारी गिरावट आउँदा बजार ५६ अंकले घटेको छ ।
आज सेयर बजारमा १४ वटा कम्पनीको सेयर मूल्यमा उल्टो सर्किट लागेको छ । उल्टो सर्किट लाग्नेमा प्राय हाइडोपावर समुहका कम्पनी नै रहेका छन् ।
विद्युत नियमन आयोगले गत साता एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै हाइड्रोपावर कम्पनीहरूको सेयर अध्ययन गरेर मात्रै गरिद गर्न अनुरोध गरेको थियो । आयोगले हकप्रद जारी गर्न दिने निर्णय नभइसकेको बताएको थियो ।
मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १२.८१ अंकले घटेर ५७७.६६ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये सबै २ वटा उपसमूहमा हरियाली छाएको छ भने बाँकी ११ वटा उपसमूह राताम्ये बनेका छन् ।
आज कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ७५ करोड ४३ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ हजार २ सय ९६ रूपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै आजखानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, रूरू जलविद्युत परियोजना लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड, सिनर्जी पावर लगायतका १४वटा कम्पनीहरूको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आज कूल २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८ सय ५ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।