८ मंसिर २०८१, शनिबार

नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया

प्रकाशित मिति :  24 August, 2021 5:34 pm


काठमाडौं । भारतीय दूतावासले पूर्वाधार क्षेत्रसँग सम्बन्धित भर्चुअल अन्तरक्रिया कार्यक्रम गरेको छ ।

भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उपस्थितिमा नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय कम्पनीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले नेपाल भारतकाे विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेकोे उल्लेख गरेकी थिइन् ।

खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको बताइन् । यस क्षेत्रको बढ्दो अवसर र नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव उनले सुझाव दिएकी छिन् ।

नेपालमा व्यवसाय क्षेत्रमा सहभागिता जनाउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले भारतीय कम्पनीहरुलाई स्वागत गर्नुका साथै पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए ।

उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको कार्यक्रमपछि जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !