१३ मंसिर २०८१, बिहिबार

नेपाल स्टक एक्सचेन्जका प्रमु्ख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दिए राजीनामा

प्रकाशित मिति :  24 August, 2021 5:39 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमु्ख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजिनामा दिएका छन् । उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेर राजिनामा दिएको जानकारी गराएका हुन् ।  उनको कार्यकाल आगामी असोज २२ गते सकिँदै थियो ।

सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

उक्त सेयर खरिद प्रकरणमा साउद सँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना पनि मुछिएका थिए। बुक ब्लिडिङ बिधिबाट आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तमले नियामक निकाय, बिक्रि प्रबन्धक क्यापिटलका सञ्चालक र केहि ठूला लगानीकर्तालाई १०/१० हजार कित्ता भन्दा बढी सेयर बिक्रि गरेको थियो।

उक्त समाचार बाहिरिएपछि अर्थमन्त्रालयले दुवै जनालाई स्पष्टिकरण सोधेको थियो। संसदको अर्थमसितिले पनि दुवै जनालाई बोलाएर छलफल गरेको थियो।



प्रतिक्रिया दिनुहोस !