५ आश्विन २०८१, शनिबार

अमेरिकी गुप्तचर संस्था सीआईए प्रमुख र तालिबानी नेता ब्रादरबीच गुप्त भेट

प्रकाशित मिति :  24 August, 2021 6:18 pm


काठमाडौं । अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुख विलियम बर्न्सले काबुल पुगेर तालिबानी नेतासँग गुप्त भेटघाट गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले ३१ अगस्टसम्म सेना फिर्ता गर्न तोकिएको समय सीमा विस्तार गर्ने अपेक्षा भइरहेका बेला अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुखले तालिबानी नेता अब्दुल गानी ब्रादरसँग सोमबार प्रत्यक्ष भेटघाट गरेको द वासिंटन पोस्टले जनाएको छ ।

सीआईए प्रमुख बर्न्सले मध्यपूर्वका ६ दिने भ्रमणको क्रममा काबुल पुगेर तालिबानी नेता भेटेका हुन् । इजिप्ट, लेबनान, इजरायल र पश्चिम किनाराको उनले भ्रमण गरेका हुन् ।

वासिंटन पोस्टले भेटबारे अन्य विवरण भने खुलाएको छैन । तर यो भ्रमण अगस्ट ३१ सम्म अमेरिकी सेना फिर्ता गर्ने समयसीमा विस्तार गर्ने नगर्ने विषयमा केन्द्रित रहेको देखिएको छ ।

तालिबानले समयसीमा विस्तार भएको सम्झौताको उल्लंघन हुने चेतावनी दिएको थियो ।

रोयटर्सले राष्ट्रपति बाइडनले २४ भित्र ३१ अगस्टको समयसीमा विस्तार गर्ने विषयमा निर्णय लिने जनाएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !