१३ मंसिर २०८१, बिहिबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा अर्घाखाँचीमा प्रदर्शन

प्रकाशित मिति :  24 August, 2021 6:33 pm


अर्घाखाँची । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरुद्धमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रदर्शन गरिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीको मूल्यवृद्धिको बिरोध गरेको हो ।

विरोध कार्यक्रम बोल्दै अखिल क्रान्त्किारीका जिल्ला इन्चार्ज नबिन खड्काले सरकारले २४ घण्टा भित्र मुल्यवृद्धि फिर्ता नलिए सडक आन्दोलन गर्ने चेतावनी दिए ।

सरकारले जनतालाई सरकारको अनुभूति दिलाउन नसकेका कारण जनताले आफ्नो व्यवस्थामा परिवर्तन ल्याउनका लागि जनमत संग्रह खोजेको बताउदै अब बैज्ञानिक समाजबादको लागि संघर्ष गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारी अध्यक्ष बाबुराम नेपालीले जनताको व्यवस्थामा परिवर्तन ल्याउनको लागि विद्यार्थी एकतामा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !