८ आश्विन २०८१, मंगलबार

एकीकृत समाजवादीकाे वैठकलाई भारतबाट खनालकाे सम्बाेधन, सोमबार काठमाडौं फर्कने

प्रकाशित मिति :  24 August, 2021 7:18 pm


काठमाडौं । भारतमा उपचार गराइरहेका नेता झलनाथ खनालले टेलिफोनमार्फत प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन्। खनाल सोमबार काठमाडौं आउने भएका छन् ।

खनालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मात्र होइन, माधवकुमार नेपाल समूहलाई छाडेर एमालेमै फर्कि गएका दोस्रो तहका नेताहरुको चर्को आलोचना गरे ।

स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताउँदै उनले मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रूप भएको र यसले अन्तिममा दक्षिणपन्थलाई नै सघाउने बताए ।

साथै उनले मध्यपन्थको आयु लामो नहुने बताएका थिए । अस्पतालको शय्याबाटै सम्बोधन गरेका खनालले आफू आउँदो सोमबार काठमाडौं आउने जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !