११ मंसिर २०८१, मंगलबार

रोल्पामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

प्रकाशित मिति :  24 August, 2021 8:04 pm


उमा केसी

रोल्पा । रोल्पामा अरिङ्गांलको टोकाइबाट मंगलबार एक बालकको मृत्यु भएको छ ।

रोल्पा नगर पालिका वडा नं. ८ जंकोट बामरुक निबासी कुशल पुनमगर र रेजिना पुन मगरको छोरा ११ बर्षीय प्रबिण पुन मगरको अरिङ्गांलको टोकाइबाट मृत्यु भएको मृतकका ठुलाबुवा धुब्र चन्द्र पुन मगरले जानकारी दिए ।

जंगलमा बाख्रा ग्वाला बाट घर फर्किने क्रममा मंगलबार बेलुकी साढे ५ बजेतिर चिउरीको बोटबाट निस्कीएका अरिङ्गालले उनलाई टोकेको थियो ।

प्रथामिक स्वास्थ्य चौकी जंकोटमा प्रथामिक उपचारपछि थप उपचारका लागी रोल्पा अस्पताल रेउघामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको पुनले बताए । उनी कक्षा ६ मा अध्यनरत थिए ।

 



प्रतिक्रिया दिनुहोस !