भेरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु
प्रकाशित मिति : 25 August, 2021 10:12 am
बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १ जना बाँकेका र एक जना दाङ निवासी हुन ।
राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
बाँकेका संक्रमित साउन २९ गते र दाङका संक्रमित भदौ ५ गते अस्पताल भर्ना भएका थिए ।