८ आश्विन २०८१, मंगलबार

माओवादी केन्द्रकाे प्रवक्तामा महरा, राष्ट्रिय सुरक्षा र प्रचार विभागसमेतकाे जिम्मेवारी

प्रकाशित मिति :  25 August, 2021 12:24 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी तोकेको छ । यसअघि एमालेसँग एकता गरेपछि प्रवक्ताको जिम्मेवारी नारायकाजी श्रेष्ठलाई दिइएको थियो ।

फागुन २३ मा सर्वोच्च अदालतकाे फैसला अनुरूप एमाले र माओवादीलाई पुरानै अस्तित्वमा फर्किए यता नेता श्रेष्ठ प्रवक्ताको जिम्मेवारीमा थिए । माओवादीले प्रचार तथा प्रकाशन विभाग प्रमुख र राष्ट्रिय सुरक्षा विभाग जिम्मेवारीसहित पार्टीको प्रवक्तामा महरालाई तोकिएको हो ।

भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको परिपत्रमा नेताहरूलाई विभिन्न जिम्मेवारी तोकिएको हाे । जस अनुसार प्रदेश नम्बर १ को इन्चार्ज मा सुरेन्द्र कार्की र अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको हो।

प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाह तोकिए पनि अध्यक्ष तोक्न बाँकी रहेको छ । बागमती प्रदेशको ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल छन्। गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकिएको छ ।

लुम्बिनीको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेवलाई तोकिएको छ भने अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीलाई दिइएको छ । यसैगरी कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा रहेका छन् । सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्टलाई जिम्मेवारी दिइए पनि अध्यक्ष तोक्न बाँकी रहेको छ ।

माओवादीले विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ भने प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ ।

संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा र विदेश मामला विभागमा सुरेन्द्र कार्की छन् ।

स्कुल विभाग ईञ्चार्जमा प्रचण्ड, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी, स्वास्थ्य विभागमा कल्पना धमला, गिरिराजमणि पोखरेल , सहरी विकास विभागमा देवेन्द्र पौडेल र स्थानीय तह विभागमा उर्मिला अर्याल प्रमुख तोकिएका छन्।

यसैगरी नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा र वन तथा वातावरण विभागमा शक्ति बस्नेतलाई प्रमुख तोकिएको छ ।  ट्रेड युनियम महासंघ र सम्वद्ध संगठनहरुको इन्चार्जमा जयपुरी घर्तीलाई जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !