८ आश्विन २०८१, मंगलबार

मैले ल्याएको अध्यादेश लोकतन्त्र बचाउन थियो, अहिले ल्याइएको अध्यादेश पार्टी फुटाउनः ओली

प्रकाशित मिति :  25 August, 2021 1:00 pm


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन समयमा आफूले ल्याएको अध्यादेश लोकतन्त्रकाे मर्म अनुसार ल्याइएको बताएका छन् । अहिले ल्याइएकाे अध्यादेश पार्टी फुटाउन मात्र ल्याइएकाे उनकाे भनाइ छ ।

अध्यादेश जारी गर्नु आफैंमा असंवैधानिक नभएकाे तर देउवा सरकारले प्रक्रिया नै नपुर्याइ अध्यादेश ल्याएकाे उनले बताए । अध्यादेशको लागि कानुन मन्त्रालयमा मस्यौदा पठाउनु पर्ने र  त्यहाँबाट अनुमोदन भएपछि अध्यादेश ल्याउनुपर्ने प्रक्रिया पालना नपुर्याइ संसद अधिवेन अन्त्य गरी भाेली पल्ट अध्यादेश ल्याइएकाेमा बिराेध गरे ।

एमाले स्थायी कमिटी वैठककाे निर्णय गर्न बुधबार आयाेजित कार्यक्रममा बाेल्दै उनले जति सांसद पुग्ने त्यति परिमाणका आधारमा पार्टी फुटाउनका लागि अध्यादेश ल्याइएको ओलीले बताए । एमाले फुटाउनु देशको लागि अध्यादेश ल्याउनु अनैतिक कार्य भएको उनले जनाए ।

एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो भनी ओलीले प्रति प्रश्न गरे । करिव ९ महिनासम्म देशको अमूल्य समय केही गर्न नसकिएको, विकास कार्यका काम ठप्प रहकाेमा सरकारकाे आलाेचना गरे ।

”बैशाखमा पनि मेलम्चीको पानी आउनेवाला छैन, परमादेशबाट सरकार बन्ने स्थिति ल्याएको छ । देशको समय बर्बाद गर्ने काम भएको छ,” उनले भने, ” यो समयमा अहिले नयाँ सरकार बनि कार्य सम्हालिसकेको हुने थियो । अलोकतान्त्रिक र असंवैधानिक काम गरियो, जनादेशको सरकारलाई अन्यठाउँमा विश्वमा कहिल्यै नभएको सरकार बनाइएको छ त्यो प्रतिगामी कदम हाे ।”

संविधान मिच्ने काम देशमा भएको भएको ओलीले बताएका छन् । एमालेले १४ जनालाई कारबाही गरेकाले त्यस आधारमा कारबाही भयो भने माधव नेपाललाइ बहुमत नपुग्दे दावी उनकाे छ ।

”सभामुखले त्यो सूचना टाँस गरिदिएको भए पार्टी निर्माण हुन सक्दैन्थ्यो, सभामुख माओवादी केन्द्रको सदस्य भएर काम गर्नु भएकोछ,” उनले भने ।

मर्यादा पालना गर्न नसक्ने भएकाले सभामुखका कार्य लोकतन्त्रका लागि समस्या उत्पन्न भएकाे ठहर अाेलीकाे छ ।



प्रतिक्रिया दिनुहोस !