८ माघ २०८१, मंगलबार

नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘पार्टी फुटाएर एकता गर्छु भन्नु चटके कुरा’

प्रकाशित मिति :  25 August, 2021 1:15 pm


काठमाडौं । नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीले नयाँ पार्टी दर्ता गर्दै गरेका माधव नेपालको भनाइको खिल्ली उडाएका छन् ।
नेपालले पार्टी नयाँ बनाइसकेपछि पनि एकता गर्द सकिने धारणा राख्नुलाई ‘चटके कुरा’ को संज्ञा दिएका हुन् ।

ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले पहिला पार्टी फुटाउने अनि एकता गर्ने कुराका पछाडि कोही नआउने बताए ।

“बहुपदीय प्रणालीको अभ्यास गर्न मैले अगुवाइ गरेको थिए, बहुपदीय भनेको के हो ? एक दर्जन उपाध्यक्ष दुई दर्जन महासचिव बनाउने भनेको बहुपदीय होला?,” उनले प्रश्न गरे ।

ओलीले अहिले एमाले प्रमुख प्रतिपक्ष निर्विकल्प रहेको र आउने चुनावमा सत्तापक्ष बन्ने निर्विकल्प रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !