८ माघ २०८१, मंगलबार

जसपाका १३ संघीय सांसद लिएर ठाकुरले लाेकतान्त्रिक समाजवादीको सनाखत गरे

प्रकाशित मिति :  25 August, 2021 1:58 pm


काठमाडौं । महन्थ ठाकुरले जनता समाजवादी पार्टीका १३ सांसदहरू लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

यसअघि निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको आधिकारिता अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा गएपछि पद गुमाएका ठाकुरका लागि सरकारले ल्याइदिएको अध्यादेशका आधारमा उनले लोसपा दर्ता गराएका थिए ।

उनको पार्टीका केन्द्रीय सदस्यहरूको सनताखतका लागि निर्वाचन आयोगले ९ बोलाएपछि ठाकुरले आफ्नातर्फबाट आफूसमेत १४ जना संघीय सांसदहरू र १७ केन्द्रीय कार्यकारिणी सदस्य सहितको सनताखत गर्न लगाएका छन् ।

लोसपाका नेता राजेन्द्र महतोले तत्काल पार्टीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारमा सामेल हुने निर्णय नभएको जानकारी सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !