६ आश्विन २०८१, आइतबार

विश्व बैंकले अफगानिस्तानका लागि सहयोग रकम रोक्यो

प्रकाशित मिति :  25 August, 2021 2:54 pm


Afghan security personnel and Afghan militia fighting against Taliban, stand guard in Enjil district of Herat province on July 30, 2021. (Photo by Hoshang Hashimi / AFP) (Photo by HOSHANG HASHIMI/AFP via Getty Images)

काठमाडौं । विश्व बैंकले अफगानिस्तानका परियोजनाका लागि विनियोजित रकम रोक्ने निर्णय गरेको छ ।

तालिबानले काबुल कब्जा गरेपछि त्यहाँको विकसित परिस्थितिका आधारमा विश्व बैंकले यो निर्णय लिएको हो ।

तालिबानले कब्जा लिएपछि देशको विकास परिदृश्यमा पर्ने असर कसरी पर्ने, विशेषगरी महिलाको सन्दर्भमा त्यसका आधारमा चिन्ता गरी विश्व बैंकले अफगानिस्तानका परियोजनाका लागि रकम रोक्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले अफगानिस्तानको भुक्तानी रोक्ने निर्णय गरेको केही दिन पछि विश्व बैंकले यस्तो निर्णय गरेको हो ।

अमेरिकाको बाइडन प्रशासनले पनि अफगानिस्तानको केन्द्रीय बैंकले अमेरिकामा राखेको सम्पत्ति पनि रोक्का गरेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !