६ आश्विन २०८१, आइतबार

अफगानिस्तानका पूर्व आईटी मन्त्री जर्मनीमा पिजा डेलिभरी गर्दै

प्रकाशित मिति :  25 August, 2021 3:16 pm


काठमाडौं । अफगानिस्तानका पूर्व सूचना प्रविधि (आईटी) मन्त्री सैयद सैयद अहमद शाह सआदत जर्मनीमा पिजा बेचिरहेकाे अवस्थामा भेटिएका छन् ।

पिज्जा कम्पनीको पोशाक पहिरिएर जर्मन शहर लिपजिगमा साइकलमा चढेर पिजा डेलिभरी गर्ने काम गरिरहेकाे पाइएकाे अलजजिराले प्रकाशित गरेकाे समाचारमा उल्लेख छ ।

आईटी मन्त्री रहेका बेला अफगानिस्तानमा सेल फोन नेटवर्कको विस्तार गरेका थिए । पछि उनी अफगानिस्तानबबाट जर्मनी गए । सआदतले आफू गत वर्ष सूचना मन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन् ।

राष्ट्रपति असरफ गानीसँग उनको मतभेद भएपछि पदबाट राजीनामा दिएर जर्मनी गएका थिए ।

सुरुमा सब ठिकठाक थियो पछि आवश्यक रकमको अभाव हुन थालेपछि पिज्जा डिलिभरी ब्यायको काम गर्न सुरु गरेका थिए । उनले पिज्जा डिलिभरी गर्नु लाजको विषय नभएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !