१३ मंसिर २०८१, बिहिबार

नागरिक लगानी कोषद्वारा पटके निर्णयको आधारमा ऋण लगानी

प्रकाशित मिति :  25 August, 2021 3:23 pm


काठमाडौं । नागरिक लगानी कोषले पटक निर्णयको आधारमा ऋण लगानी गरेको छ । महालेखा परिक्षाको ५८ औं प्रतिवेदन अनुसार कोषले लगानी नीति तथा आधार तयार नगरी संचालक समितिको बैठककोे पटके निर्णयको आधारमा लगानी गरेको छ ।

महालेखाका अनुसार कोषको केन्द्रीय हिसाब र ११ योजनाको २०७६ ७७ सम्म रू. १ खर्ब ४० अर्ब ५९ करोड मौज्दात र सञ्चित कोष समेतबाट रू. १ खर्ब ५२ अर्ब ८७ करोड लगानी गरेको छ ।

जसमध्ये रू.७३ करोड ६४ लाख ऋण समस्याग्रस्त घोषित भएका वित्तीय संस्थामा लगानी गरेको महालेखाले जनाएको छ ।

ऋण लगानी गर्दा परियोजना तथा सोको प्रक्षेपण गरिएको वित्तीय तथा अन्य सूचकाङ्कहरू अध्ययन तथा विश्लेषण सम्बन्धित दक्ष जनशक्तिबाट नहुँदा परियोजनाको प्रस्तावित अवस्था तथा कार्यन्वयनको चरणमा आएको वास्तविक अवस्थामा सारभूत फरक पर्न गएको देखिएको छ ।

संस्थाको लागि अल्पकालीन र दीर्घकालीन रूपमा अधिकतम प्रतिफल प्राप्त गर्ने हिसाबले लगानी नीति तर्जुमा गरी लागू गर्नु पर्ने महालेखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !