१३ मंसिर २०८१, बिहिबार

नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट चन्द्रप्रसाद ढकालले दिए राजीनामा

प्रकाशित मिति :  25 August, 2021 4:03 pm


काठमाडौं । सर्बोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा तानिएपछि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एबं नेपाल धितोपत्र बोर्डको सञ्चालक चन्द्रप्रसाद ढकालले धितोपत्र बोर्डको सञ्चालकबाट राजीनामा दिएका छन् ।

ढकालले कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन् । ढकालले आज २०७८ भदौ ८ गतेका दिनदेखि नै लागू हुने गरी सेबोन सञ्चालकबाट राजिनामा दिएको उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।

धितोपत्र बोर्डको सञ्चालकको पदमा रहेर ढकालले सर्वोत्तम सिमेन्टको शेयरमा लगानी गरे पछि विवादित बनेका थिए । यस सम्बन्धमा अर्थ मन्त्रालयले छानबिन सुरु गरे पछि ढकालले सेबोन सञ्चालक समितिबाट राजिनामा दिएका हुन् ।

मंगलबार मात्र नेप्सेका प्रमुख कार्यकारी अधिकृतले आफ्नो पदबाट राजिनामा दिएका थिए । बुधबार ढकालले पनि राजिनामा दिए पछि अब पालो बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको रहेको छ ।

भदौ ४ गते बसेको अर्थ समितिको बैठकले सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई कारबाहिको सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !