८ माघ २०८१, मंगलबार

जसपा एक हप्ता भित्र सरकारमा सहभागी हुने

प्रकाशित मिति :  25 August, 2021 4:23 pm


काठमाडौं । जनता समाजवादी पार्टीले एक हप्ता भित्र सरकारमा सहभागी हुने भएको छ ।

जसपा नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले यस्तो जनाएका हुन् ।

सात वटै प्रदेशमा आव्हान गरिएको पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गरेका बेला जसपा सात दिन भित्र सरकारमा सामेल हुने खुलाए ।

पूर्व प्रधानमन्त्री समेत रहेका संघीय परिषद्का अध्यक्ष भट्टराईले जसपा नयाँ विचार र एजेण्डासहितको वैकल्पिक पार्टी हुने विश्वास व्यक्त गरे ।
महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको बताउँदै डा. भट्टराईले ठाकुर–महतोलाई खानेबेलामा अभागीलाई रिस उठे जस्तै भएको टिप्पणी गरे ।

भाद्र १ र २ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे अनुसार सात वटै प्रदेशमा सुरु भएको पार्टी सुदृढीकरण र जनजागरण अभियानले पार्टीलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरे ।

बागमती प्रदेशका जिल्लाहरूबाट नेतृत्वदायी अगुवा नेताहरु सम्मिलित सो कार्यक्रमलाई जसपाका नेताहरु राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र हिसिला यमी लगायतले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !