३ आश्विन २०८१, बिहिबार

अमेरिकामा विमानमा सामसुङ मोबाइल पड्कियो

प्रकाशित मिति :  25 August, 2021 6:31 pm


काठमाडौं । अमेरिकाको अलास्का एयरलाइन्सको एउटा विमानमा सामसुङ मोबाइलमा आगो लागेको छ ।

सिएटल टाइम्सका अनुसार आरलियन्सबाट सिएटल जान लागेको अलास्का एयरलाइन्समा चढेका एक  यात्रुको सामसुङ ग्यालेक्सी ए २१ मा आगो लागेको हो ।

विमानस्थलका सञ्चालक पोर्ट अफ सिएटलका प्रवक्ता पेरी कुपरले १२८ यात्रु र चालकदलका ६ सदस्य सबै सकुशल रहेको बताए । सामसुङले भने यस विषयमा केही बताएको छैन ।



प्रतिक्रिया दिनुहोस !