प्रदेश नं. १ मा राईको राजीनामा लगत्तै प्रदेश प्रमुख प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरे
प्रकाशित मिति : 26 August, 2021 12:36 pm
काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । आचार्यले एक कार्यक्रमकाबीच विहीबार शपथग्रहण गरेका छन् ।
शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश सभाकाो संसदीय दलको बैठक बसेको थियो ।
आज बसेको संसदीय दलको बैठकले तत्काल दलको नेतामा आचार्यलाई चयन गर्ने निर्णय गरेको थियो । निर्णय भएको आधारमा आचार्यलाई प्रदेश प्रमुख प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।