१३ मंसिर २०८१, बिहिबार

जीवन विकास लघुवित्तमा लगानीकर्ताले गरेको १ हजार लगानी ५१ हजार रुपैयाँ माथि पुग्यो

प्रकाशित मिति :  26 August, 2021 2:13 pm


काठमाडौं । गत महिना आइपीओ जारी गरेर धितोपत्र दोस्रो बजारमा कारोबार भएको जीवन विकास लघुवित्तका सेयरधनी मालामाल बनेका छन् ।

दोस्रो बजारमा कारोबार खुलेको दिनदेखिनै आजसम्म लगातार सकरात्मक सर्किट लागेको कम्पनीको सेयरमूल्य ५ हजार १९८ रुपैयाँ पुगेको छ ।

दोस्रो बजारमा कारोबार भएको १७ दिनमै कम्पनीको सेयर मूल्य आकाशिएको हो । एक हजार लगानी गरेका लगानीकर्ताले कारोबार खुलेको १७ दिनमै ५१ हजार ९८० रुपैयाँ कमाएका छन् ।

कम्पनीको सेयरमूल्य स्पेशल प्रि ओपन सेसनमै आज १० प्रतिश अर्थात एकैदिन ४७२ रुपैयाँले बढेको छ । यो लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म आईपीओ बिक्री गरेको थियो।



प्रतिक्रिया दिनुहोस !