१६ कार्तिक २०८१, शुक्रबार

जनगायकको परिचय बोकेका टुहुरे रहेनन्

प्रकाशित मिति :  26 August, 2021 1:50 pm


काठमाडौं । जनगायकको परिचय बोकेका जेबी टुहुरेको निधन भएको छ। राजधानीको बयोधा अस्पतालमा उपचारका लागि केही दिन अघि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको छ ।

यो जानकारी राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले सार्वजनिक गरेका हुन् ।

उनी ७८ वर्षका मुटुसम्बन्धी , फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित रही आएका ७८ वर्षीय टुहुरेलाई गत मंगलबार मष्तिष्कघात भएको थियो।

उनको शव श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो १ देखि २ बजेसम्म पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राखिने छ। त्यसपछि अन्तिम संस्कारको लागि उनको शव पशुपतिमा लगिनेछ।

पिता कृष्णबहादुर खड्गी, माता दानदेवी खड्गीका जेठो छोराको रूपमा टुहुरे वि.सं. २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए ।

वास्तविक नाम जुटबहादुर खड्गी भएका टुहुरेका पिताको निधन २०२१ सालमा भएको थियो । त्यसपछि उनले उपनाम टुहुरे जोड्न थालेका थिए ।

कम्युनिष्ट आन्दोलनलाई गीतको माध्यमद्वारा अगाडि बढाउने सर्जक भनेर टुहुरे चिनिन्छन्।

पञ्चायतकालदेखि नै कम्युनिष्ट पार्टीमा लागेर उनले गाएको ‘आमा दिदी बहिनी हो’ बोलको गीत उनको लोकप्रियताको पहिचान गीत बनेको हो ।

एमालेको चुनाव जिताउने गायत हस्तीका रूपमा चिनिएका टुहुरे जीवनको उत्तराद्र्धमा २०७० सालमा माओवादीमा प्रवेश गरेका थिए



प्रतिक्रिया दिनुहोस !