एनआईबिएल समृद्धि फण्ड–१ को नगद लाभांश वितरण
प्रकाशित मिति : 26 August, 2021 2:33 pm
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड–१ १ ले इकाईधनीहरुलाई ३५ नगद लाभांश ९कर सहित० वितरण गरेको छ ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको साउन १४ गतेको बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको उक्त प्रतिफल भदौ ९ गतेदेखि वितरण गर्न शुरु गरिएको हो ।
क्यापिटलले एक सूचना जारी गर्दै सम्बन्धित इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको जनाएको छ । सूचनामा हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगर्ने इकाईधनीहरुलाई यथाशिघ्र अद्यावधिक गराई लाभांश प्राप्त गर्न समेत अनुरोध गरिएको छ ।
यसका साथै, आफ्नो इकाई धितो बन्धक राखी कर्जा सुविधा उपभाग गरेका इकाईधनीहरुको नगद लाभांश सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।