८ माघ २०८१, मंगलबार

देशभरका क्रान्तिकारीहरू हामीसँग जोडिदै गएका छन् – नेता नेपाल

प्रकाशित मिति :  26 August, 2021 2:52 pm


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीलाई पुनर्गठित पार्टी भनेका छन् । नयाँ अध्यायको सुरुआत गर्न गइरहेका छौं ।

नेकप(एमाले)बाट विद्रोह गरेर क्रान्तिकारी पार्टी गठन गर्न निर्वाचन आयोगमा दर्ता गरी प्रमाण पत्र पाइसकेको छौं । यसका लागिका अनेकौं बाधा अवरोधलाई पन्छाएका छौं । नेपाली जनता र नेपालको हितका लागि नयाँ यात्राका लागि अघि बढेका छौं ।

कसै कसैका लागि अर्को पार्टी गठन गरेर पार लाग्न सक्दैन् । यस्तै मान्यता राख्नेहरूले राजतन्त्र ढाल्न सकिदैन् भन्ने मान्यता राखेका थिए ।रायमाझीबाट विद्रोह गरे पुष्पलालले गठन गरेको क्रान्तिकारी पार्टीका धेरै अहिले यतै हुनुहुन्छ । झापा विद्रोहबाट पार्टी अगाडि बढेर छोटकरीमा कोके हामी हौं । नेकपा एमालेका संस्थापक नेताहरू हामी हौं ।

केपीओली दक्षिणपन्थी भासमा पारेर आफ्नो निजी कम्पनीमा पारेपछि त्यसको विरूद्धमा विद्रोह गर्नु पर्ने बाहेक विकल्प थिएन् । स्वयम् माक्र्सले पनि आफै विद्रोह गर्नुपरेको थियो । हिम्मत नभएकाहरू गतिहीन हुन पुग्छन् ।

क्रान्तिकारी चेत भएकाहरू अगाडि बढेर नयाँ आन्दोलन गर्ने पवित्र उद्देश्य राखेर नयाँ अभियानमा जुट्ने गर्दछन् । हामीसँग सिङ्गो देशका क्रान्तिकारीहरू जोडिन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस !