७ माघ २०८१, सोमबार

एकीकृत समाजवादी पार्टी भजनमण्डली बन्दैन्

प्रकाशित मिति :  26 August, 2021 3:03 pm


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता माधवकुमार नेपालले महाधिवेशनमा झिनो मतले जितेका केपी ओलीले आफूलाई सर्वशक्तिमान ठानेर हैकम चलाउन थालेका छन् ।

उनको हैकमवादी प्रवृतिले गर्दा अर्को पार्टी खोल्न राष्ट्रिय कार्यकर्ता भेला हामीले गर्नुपर्ने भएको थियो । राष्ट्रिय कार्यकर्ता भेलामा तत्कालै पार्टी खोल्नुपर्ने दबाब पार्टी नेतृत्वमा आएको थियो ।

नेता नेपालले बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने “ केपी ओलीको कब्जामा हामी गुम्सिएर रहेका हामीले अध्यादेशको माध्यमबााट निकास दिन पुग्यौं । आन्दोलनलाई जोगाउनका लागि, लोकतन्त्रका लागि , राष्ट्रिय स्वाभिमानको रक्षा गर्नका लागि , सुशासनको मान्यताको स्थापनाका लागि पार्टी खोल्न पुग्यौं ।”भने   स्थायी कमिटिको सर्वसम्मत धारण थियो केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने निर्णय थियो । सबैले मलाई जिम्मेवारी दिनु भएको थियो ।

कतिपय सहयोद्धा हामीसँग छैन । समयको माग केहो त्यो बुझ्नु सक्नु पर्छ । कार्यकर्ताको जनताको माग बुझुन् पर्छ । त्यही विद्रोही बाटो अगाडि बढाएका छौं । यो माक्र्सवादी लेनिनवादीबाटो अगाडि बढ्नेछ । यो स्वार्थीहरूको जमात हुनेछैन् । यहाँ कुनै नेताको भजन मण्डली बनेर फोटोमा नाच गर्ने पार्टी हुनेछैन् । ”

 



प्रतिक्रिया दिनुहोस !