१३ मंसिर २०८१, बिहिबार

भारत सरकारद्धारा नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण

प्रकाशित मिति :  26 August, 2021 3:23 pm


काठमाडौं । कोभिड १९ महामारीको सामाना गर्न भारतले उपहार स्वरुप नेपाल सरकारलाई मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा भारतीय राजदुत श्री विनय मोहन काक्त्राले स्वास्थ्य राज्य मन्त्री उमश श्रेष्ठलाई ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

उक्त मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानमा जडान गरिएको मन्त्रालयले जनाएको छ । प्रतिव्यक्ति ५ एलपीएम –लिटर प्रतिक्षमता) रहेको छ भने अक्सिजन प्लान्टले एक साथ २ सय जना बिरामीलाई सेवा प्रदान गर्ने छ ।

नेपाल र भारत बीचको गहिरो बहुआयामिक साझेदारीबारे चर्चा गर्दै राजदुत कक्त्राले कोभिड १९ को माहमारीको सामाना गर्न भारतले गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतिकको रुपमा रहेको बताए ।

यस अक्सिजन प्लान्टको सहयोगले कोभिड १९ को माहामारीमा लड्न थप बल पुग्ने भन्दै राज्यमन्त्री श्रेष्ठले “धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणका लागि दुई दशक अघि भारत सरकारले गरेको सहयोग कोषेढुंगा बनेसँगै अक्सिजन प्लान्ट पनि स्वास्थ्य क्षेत्रमा अर्को कोषेढुंगा बन्ने र यसबाट प्रदेश नं. १ र २ का जनता लाभान्वित हुनेछन् ।” भने ।

अक्सिजन कोभिड १९ का बिरामीहरुको उपचारका लागि स्वास्थ्य सेवा केन्द्र र अस्पतालहरुमा नभई नहुने एक महत्वपूर्ण क्लिनिकल ग्यास हो जुन भारत र नेपालमा माहामारीको दोस्रो लहर देखापर्दा अनुभव गरिएको थियो ।

रक्षा अनुसन्धान एवं विकास संगठन –डिआरडिओ) ले निर्माण गरेको यो डीइबीइएल मेडिकल अक्सिजन प्लान्टको मद्दतबाट कम लागतमा अस्पतालले अब अस्पताल परिसरमै अक्सिजन उत्पादन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !