८ आश्विन २०८१, मंगलबार

चितवनको भरतपुर मेट्रो प्लाजा निर्माण विवादमा,काम रोक्न विप्लव नेतृत्व नेकपाको चेतावनी

प्रकाशित मिति :  26 August, 2021 6:28 pm


चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर– ३ लायन्सचोकमा निजी क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निर्माणको काम रोक्न चेतावनी दिएको छ ।

जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै भनेका छन्,“साना तथा मझौला व्यवसायीहरूलाई नकारात्मक असर पु¥याउने गरी कमिसनको खेलमा कर्पोरेट पुँजीलाई राज्यको सम्पत्ति सुम्पने यस प्रकारको निर्माण कार्य तुरुन्त रोकी जनसरोकारवालाहरुसँग छलफल गरि नयाँ प्रक्रिया अगाडि बढाउन सम्बन्धित पक्षको ध्यानकर्षण गराउन चाहन्छौं ।”

लायन्सचोक अगाडि सब्जीमण्डीमा बहुउद्देश्य भवन निर्माण गरि सञ्चालन गर्न ३० वर्षका लागि लिजमा सम्झौता भएको र झण्डै ११ कट्ठा जमिनमा भवन सिलन्यास गरिएको भन्दै नेकपाले ध्यानकर्षण भएको जनाएको हो ।

महानगरपालिकाले आफै निर्माण नगरी नाटकीय प्रतिस्प्रधाका नाममा निजी कम्पनी आर ए विल्डर्स इन्जिनियरिङ प्रा.लिलाई दिएकोमा नेकपाले आपत्ति जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !