८ आश्विन २०८१, मंगलबार

माग पूरा गराउन भन्दै लोसपा सरकारमा जाने 

प्रकाशित मिति :  26 August, 2021 6:54 pm


काठमाडौं ।  माग पूरा गराउन भन्दै लोकतान्त्रिक समाजवादी पार्टीले (लोसपा)सरकारमा जाने निर्णय गर्ने भएको छ ।

लोसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गरिएको सहभागी नेताहरूले बताएका छन् ।

लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले  बिहीबारको बैठक पछि पत्रकारहरूसँगको कुराकानीमा  सरकारले दल विभाजनसम्बन्धी विधेयक ल्याएर ठूलो सहयोग गरेको बताएका थिए । तर सरकारमा सहभागी हुने विषयमा कुनै ठोस निष्कर्ष ननिस्केको उनले जनाए ।

यसअघि ओलीको नेतृत्वमा सरकारमा राजेन्द्र महतोको नेतृत्वमा ठाकुर पक्ष सहभागिता जनाएको थियो । यसपटक महतोको नेतृत्वमा सरकारमा जाने कुरो नभएको ठाकुर निकट एक नेताले जनाए । ठाकुर पहिले पनि सरकारमा सामेल नहुने अडानमै रहेका थिए । तर पछि सरकारमा जाने नेताहरूको दबाबमा सरकारमा गएको केही नेताहरूको बुझाइ रहेको छ ।

यसपटक भने प्रधानमन्त्री देउवाले मत माग्ने बेलामा नै मत पनि दिनुस र सरकारमा पनि आनुस भनेको ती नेताले उल्लेख गरे  ।



प्रतिक्रिया दिनुहोस !