६ आश्विन २०८१, आइतबार

काबुल विष्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, १३ अमेरिकी सैनिक पनि मारिए

प्रकाशित मिति :  27 August, 2021 8:04 am


काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा भएको बम विष्फोटमा १३ अमेरिकी सैनिकसहित कम्तिमा ६० जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् ।

तालिवानले अफगानिस्तान कब्जा गरेको केही दिनमै ठूलो बम आक्रमण भएको हो । सन् २०११ पछि अमेरिकी सैनिकका लागि सबैभन्दा ठूलो क्षति भएको छ । अफगानिस्तान छोडेपनि फसेका नागरिकको उद्दारका लागि पछिल्लो समय अमेरिकी सेना पठाइएको थियो ।

आक्रमण लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणकारीले यसको मुख्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्,“ यस आक्रमणको पछाडि जो भएपनि हामी पत्ता लगाउने छौं र आक्रमणकारीहरूले यसको मुल्य चुकाउनुपर्ने छ ।

हामीले आक्रमणकारीलाई माफ गर्ने छैनौं र भुल्ने छैनौं, हामीलाई हाम्रो काम गर्न उनीहरूले रोक्न सक्ने छैनन् ।”

राष्ट्रपति बाइडेनले काबुलमा आफ्नो मिसन नरोक्ने र फसेका नागरिकलाई सुरक्षितसाथ बाहिर निकाल्ने बताएका बीबीसीले जनाएको छ ।
आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।



प्रतिक्रिया दिनुहोस !