७ माघ २०८१, सोमबार

कपिलबस्तुको शुद्धोधन गाँउपालिका क्षेत्र डुबानमा

प्रकाशित मिति :  27 August, 2021 1:04 pm


तस्विर : तारानाथ भुषाल

काठमाडाैं । बिहिबार रातिदेखि भएको अविरल बर्षाका कारण कपिलबस्तुको शुद्धोधन गाँउपालिका क्षेत्र डुबानमा परेको छ ।

लगातार बर्षाकारण पानी निकाश हुने ठाँउ नहुदाँ गाँउपालिका डुबानमा परेको हो ।

धान खेतीका लागि राम्रो ठाँउ मानिने शुद्धोधन गाँउपालिका धानबाली यतिबेला जलमग्न बनेको छ । बस्तीमा समेत पानी पसरे जनजिवन प्रभावित भएको छ । डुबानले सडककाे भाग नदेखिने हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको छ ।

कपिलबस्तुको पिपराबाट भित्रि सडकको केही स्थान बाहेक शुद्धोधन गाँउपालिका अधिकाशं स्थान डुबानमा परेको कपिलबस्तुका स्थानिय बासिन्दा सुरज भुषालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !