६ आश्विन २०८१, आइतबार

काबुल विमानस्थलमा विस्फोटनको १६ घन्टापछि फेरि उडान सुरु

प्रकाशित मिति :  27 August, 2021 1:58 pm


काठमाडौं । सय बढी मानिसको ज्यान जाने गरी अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुई बम विस्फोटनको दुखद घटनाको १६ घन्टा पछि फेरि उडान सुरु भएको छ ।

विमानस्थलमा अफगानिस्तानबाट बाहिर जान खोज्नेहरूलाई विमानबाट लाने काम फेरि सुरु गरिएको हो ।बिहीबार साँझ काबुल विमानस्थलको एबी गेटमा र अको बारोन होटल निकट विस्फोटन भएका थिए ।

अफगानिस्तानमा सक्रिय आईएसआईएसको अफगानी समूहले यी विस्फोटनको जिम्मा लिएको हो ।अमेरिकी अखबार द वाल स्ट्रिट जरनलले जनाएअनुसार अहिलेसम्म मर्नेको संख्या १०३ पुगेको छ भने घाइते हुनेहरूको संख्या १३८३ जना रहेका छन् ।

आईएसआईएसको खुरासान समूहले यो आक्रमणको जिम्मेवारी लिएको छ । यसमा अमेरिका १३ जनाको मृत्यु भएको छ ।काबुल विस्फोट पछि अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट ३१ अगस्टसम्म उद्धार कार्य पूरा गरी अमेरिकी सेना फिर्ता गर्ने कार्य नरोकिने जनाएका थिए ।

त्यो घटनाको १६ घन्टा पछि फेरि काबुल विमानस्थलबाट उडान हुन सुरु गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !