८ आश्विन २०८१, मंगलबार

प्रदेश नम्बर २ को जसपाको अभिमुखीकरण जनकपुरमा सुरु

प्रकाशित मिति :  27 August, 2021 2:29 pm


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नम्बर २को अभिमुखीकरण कार्यक्रम जनकपुरमा सुरु गरेको छ ।

सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार शुक्रबार प्रदेश २को अभिमुखीकरण कार्यक्रम जनकपुरमा शीर्ष नेतृत्व सहभागितामा सुरु गरिएको हो ।

शुक्रबार दिउसो जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको सो कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको सहभागिता रहेको छ ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण अभियानका लागि शुक्रबार जनकपुरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता रहेको छ ।

पार्टीका नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त र बलियो बनाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यका लागि यो अभियान थालिएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !