८ आश्विन २०८१, मंगलबार

पण्डित पुजारीका आशीर्वाद लिएर निधिले सम्पर्क कार्यालय खोले

प्रकाशित मिति :  27 August, 2021 2:49 pm


काठमाडौं । नेपाली कांग्रेसको आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवारीका लागि कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेका छन् ।

सभापति पदको उम्मेदावरी दिने अठोटका साथ अघि बढेका निधिले वानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालय खोलेका हुन् ।

भगवानको भरोसा लिन निधिले पशुपतिनाथ, जानकी मन्दिर, दक्षिणकाली मन्दिर, बंगलामुखी मन्दिर, डोलेश्वर लगायतका मन्दिरका पुजारी तथा पण्डितहरूबाट शुक्रबार बिहान आशीर्वादा लिएर सम्पर्क कार्यालय खोलेका हुन् ।

कांग्रेस निकट पत्रकार पत्रकार रामजी दाहालले फेसबुकमा जनाए अनुसार बिहान विभिन्न मन्दिरहरूका पुजारी पण्डितबाट आशीर्वादा निधिले लिएका थिए ।

दाहालले भनेका छन् “सभापतिको निर्वाचनको तयारीमा रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पशुपतिनाथ,जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा शुभाशिष लिनुभयो ।”

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग आर्शीवाद लिन गएका बेला देउवाले यो पटकका लागि आशीर्वाद दिन नमाने पछि पण्डित पुजारीको आशीर्वाद लिएर सम्पर्क कार्यालय खोलेका हुन् ।



प्रतिक्रिया दिनुहोस !