८ आश्विन २०८१, मंगलबार

निर्वाचन आयोगद्वारा नयाँ दर्ता भएका दुई दलमा सांसदको विवरणबारे जानकारी दिइयो

प्रकाशित मिति :  27 August, 2021 3:22 pm


काठमाडौं । निर्वाचन आयोगले दर्ता गरेका दुई दलका बारेमा संसदमा जानकारी दिएको छ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगल दल दर्ताको प्रमाण पत्र सम्बन्धी औपचारिक जानकारी संसदलाई दिएको हो ।

नेकपा (एकीकृत समाजवादी)मा संघीय संसदकाो संख्या ३० जना रहेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीमाा सांसदको संख्या १४ जना रहेको आयोगले दिएको जानकारीमा उल्लेख रहेको छ ।

एकीकृत समाजवादीमा २३ प्रतिनिधिसभामा र ७ जना राष्ट्रिय सभामा सांसद रहेका छन् । त्यसै गरी लोसपामा प्रतिनिधिसभामा १३ जना र राष्ट्रिय सभामा १ जना सांसद रहेका छन् ।

आयोगले दुवैलाई पार्टीको दर्ता प्रमाणपत्र बुधबार दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !