८ आश्विन २०८१, मंगलबार

‘लोसपा सत्ताधारी गठबन्धनमा छैन’

प्रकाशित मिति :  27 August, 2021 6:12 pm


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तारूढ गठबन्धनमा आफ्नो पार्टी नभएको बताएका छन् ।

निर्वाचन आयोगबाट पार्टीको मान्यता पाएपछि बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पत्रकारहरूसँगको कुराकानीमा लोसपा गठबन्धनमा नभएको उनले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको पनि उनले जानकारी दिए । देउवाले सरकारमा आउने विषयमा सोधे हामी त्यसबारे छलफल गर्ने तर अहिलेसम्म त्यस्तो प्रस्ताव नआएको ठाकुरले बताए ।

पार्टी दर्ता नै भर्खर भएको भएको जनाउँदै ठाकुरले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पारे ।

देउवासँग एक्लै वा सामुहिकरूपमा पटक पटक भेट भएको तर सरकारमा जाने विषयमा छलफल नभएको उनले उनको भनाइ छ ।

देउवा निकट स्रोत अनुसार ठाकुर पाँच दलीय गठबन्धनमा नभएपनि उनले ठाकुरलाई सरकारमा ल्याउने प्रयास गरिरहेका छन् । ती नेताका अनुसार ओलीको सरकारमा पनि ठाकुरले धेरै पछि नेताहरूलाई सामेल हुन पठाएका थिए ।

ठाकुरले आफू गठबन्धनमा नभएको बताइरहेका बेला देउवाले आफूलाई सरकारमा आउन भने त्यसबारे छलफल गरौंला भन्नु ठाकुरले दुवैतिरको बाटो खुला राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !