६ आश्विन २०८१, आइतबार

कोरोना नष्ट गर्ने मास्क बनाउने दाबी

प्रकाशित मिति :  29 August, 2021 8:42 am


काठमाडौं । कोरोना मास्ने मास्क बन्ने दाबी गरिएको छ ।

नेसनल अटोनोमस युनिभर्सिटी अफ मेक्सिकोका अनुसन्धानकर्ताहरूले कोभिड–१९का भाइरसलाई असरहीन बनाउने मास्क बनाउन सकिने दाबी गरेका हुन् ।उनीहरूले तामा र चाँदीको तहमा कोरोनाभाइरसलाई असरहीन बनाउने गरी मास्क बनाएका छन् ।

युनिभर्सिटीको गजेटमा यो मास्कबारे खुलासा गरिएको छ । त्यसमा भनिएको छ –चाँदी तामाको मसिनो तहमा कोरोनाभाइरसको झिल्ली च्यातिन्छ र उसको आरएनए ध्वस्त हुन्छ ।”

“जब दुई धातुहरू एकसाथ प्रयोग गरिन्छ यहाँ एक मसिनो तह निर्माण हुन्छ र यसले भाइरस र ब्याक्टेरियाबाट सुरक्षित हुने दोब्बर सुरक्षा प्रदान गर्छ ।” विश्वविद्यालयको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले मेक्सिकाका अस्पतालमा रहेका बिरामीहरूबाट लिएर आएका पानीका थोपालाई चाँदी तामाबाट बनाएको फिल्ममा राखेका थिए । त्यस थोपमा भएका भाइरसका ८० प्रतिशत आठ घन्टामा हराएर गएका थिए ।

न्यून भाइरस भारमा आरएनए फेला परेको थिएन ।

यो मास्कलाई ‘स्याकक्यु’ भनिएको छ । यो मास्कलाई १० पटक सफा गरिएपनि यसले भाइरसलाई असरहीन पार्ने क्षमता गुमाउँदैन् । यो मस्क फेरि फेरि पनि उपयोग गर्ने खालको छ ।

यो मास्क धेरै बनाउने क्षमता अनुसन्धानकर्ताहरूको समूहसँग छैन् । दिनमा २सय जति यो मास्क बनाउने क्षमता उनीहरूसँग रहेको छ ।
मायान भाषामा स्याकको अर्थ चाँदी र क्युको अर्थ तामा हुने भएकाले यसको नाम ‘स्याकक्यु’ राखिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !