८ आश्विन २०८१, मंगलबार

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल,मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रकाशित मिति :  28 August, 2021 12:48 pm


काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

छलफलका लागि प्रधानमन्त्रीलाई भेट्न आज बिहान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी दिएका छन् ।

नयाँ सरकार बनेको डेढ महिना पुग्न लाग्दापनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले असार ३० गते ४ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

नेकपा एमालेमा माधव नेपाल पक्षको विवाद नटुंगिएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । माधव नेपाल पक्षले नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गरिसकेपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !