७ माघ २०८१, सोमबार

लुम्बिनीमा मनोरेल र स्वर्गद्वारीमा केबलकार बजेट भाषणमा छ, वार्षिक कार्यक्रममा छैन

प्रकाशित मिति :  29 August, 2021 2:37 pm


काठमाडौं । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी र नेपालगञ्जलाई टुरिजम हवको रुपमा विकास गर्न तथा भैरहवादेखि लुम्बिनीसम्म मनोरेल निर्माण गर्ने र स्वर्गद्वारीमा केबुलकार निर्माण गर्ने भन्दै बजेट भाषण गरेपनि वार्षिक कार्यक्रममा समावेश नगरेको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा मनोरेल निर्माण र स्वगद्वारीमा केबलकार निर्माण गर्ने कुरा बजेट वक्तव्यमा देखिएपनि वार्षिक कार्यक्रममा समावेश नगरेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ,“प्राचीन सभ्यताको धरोहर, धार्मिक,साँस्कृतिक,पुरातात्विक एवं ऐतिहासिक सम्पदाले सिंगारिएको यो प्रदेशले लुम्बिनी र नेपालगञ्जलाई टुरिजम हवको रुपमा विकास गर्न भैरहवादेखि लुम्बिनीसम्म मनोरेल निर्माण गर्ने र स्वर्गद्वारीमा केबुलकार निर्माण गर्ने विषय वार्षिक बजेट वक्तव्यमा उल्लेख भएकोमा वार्षिक कार्यक्रममा समावेश नगरेकाले कार्यान्वयन भएको छैन ।”

प्रतिवेदनमा बजेट व्यक्तव्यमा उल्लेख भएका कार्यक्रमहरु वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयनको व्यवस्था हुनुपर्ने औंल्याएको छ ।

प्रतिवेदनमा भनिएको छ,“ बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रमहरु वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने व्यवस्था    हुनुपर्दछ ।”



प्रतिक्रिया दिनुहोस !