६ आश्विन २०८१, आइतबार

इटालियन टापुबाट एकै दिन ५ सय बढी आप्रवासीकाे उद्धार

प्रकाशित मिति :  29 August, 2021 3:05 pm


काठमाडौं ।

एकै दिन ५ सय ३९ आप्रवासीको इटालियन टापुुबाट उद्धार गरिएको छ । विभिन्न मुलुकबाट जोखिम मोलेर समुद्री बाटो हुँदै युराेपतर्फ जाँदै गरेका उनीहरुलाई दुई इटालियन कोस्टगार्ड जहाज र भन्सार बोटबाट उद्धार गरिएको हो ।

गत सनिबारको यो उद्धार एकै दिन भएको सबैभन्दा ठूलो उद्धार हो । लिबियाबाट भुुमध्यसागर पार गरिरहेका आप्रवासीमा महिला र बालबालिका समेत रहेको संचारमाध्यमहरुले जनाएकाछन् ।

उद्धार गरिएका आप्रवासी मावन हिंसाको सिकार पनि भएको हुन सक्ने अनुमान गरिएको छ । यस विषयमा इटालियन अनुसन्धानकर्ताहरुले अनुसन्धान गरिरहेको बताएका छन् ।

मानवतावादी समूह एमएसएफ (डाक्टर विदाउट बोर्डर्स) का एक डाक्टर अलिदा सेराचिएरीले धेरै आप्रवासीहरुलाई लिबियाबाट युरोप लैजान जहाज पर्खिरहेका बेला उनीहरु माथि शारीरिक आक्रमण भएको बताए ।



प्रतिक्रिया दिनुहोस !