१३ मंसिर २०८१, बिहिबार

साताको पहिलो दिन नेप्से ४८ अंकले घटेपनि कारोबार रकम भने साढे १५ अर्ब माथि

प्रकाशित मिति :  29 August, 2021 3:42 pm


काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से ओराला लागेको छ । आइतबार प्रि ओपन सेसनमा बढेको नेप्से केही समयपछि लगातार ओरालो लागेको नेप्से परिसूचक ४८ अंकले घटेसँगै आजको कारोबार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.५७ अंकले घटेर ५६२.८८ अंकमा झरेको छ ।

आज कारोबारका आधारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ३२ रूपैयाँ ३० पैसा पुगेको छ भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ३७ रूपैयाँ ४० पैसा पुगेको छ ।

आज रुरु जलविद्युत् परियोजना कम्पनी लिमिटेडको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १६६.२० रुपैयाँले घटेर १४ सय ९५ रुपैयाँ ८० पैसामा झरेको छ ।

त्यस्तै आज कूल २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५ सय ५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !