७ माघ २०८१, सोमबार

लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्षमा माओवादी केन्द्रका नेता क्षेत्री नियुक्त

प्रकाशित मिति :  29 August, 2021 6:35 pm


रुपन्देही । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

आयोगको सदस्यमा कपिलवस्तुका शिवपुजन यादव र गुल्मीका डा. दामोदर भुसाल नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।

आयोग ५ सदस्यीय रहने व्यवस्था छ । बाँकी सदस्य पछि नियुक्त गर्ने खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !