६ आश्विन २०८१, आइतबार

काबुल विमानस्थल लक्षित पाँच रकेट प्रहार

प्रकाशित मिति :  30 August, 2021 12:01 pm


काठमाडौं । अफगानिस्तानकाे काबुल अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर रकेट आक्रमण गरिएको छ । भने अमेरिकी एन्टी मिसाइल सिस्टमले रकेटलाई  सफल हुन भने दिएन ।

विमानस्थललाई लक्ष्य बनाइ गरिएका रकेट आक्रमणमा तत्काल हताहती भएको कुनै समाचार सार्वजनिक भएको छैन । अमेरिकी सेना यही विमानस्थलबाट ३१ अगस्टका दिन अफगानिस्तानबाट बाहिरिन लागेको हो ।

मंगलबार अमेरिकी सेना फिर्ता हुन एक दिन अघि यो विमान स्थलमा रकेट आक्रमण गरिएको छ । रकेट कसले प्रहार गरेको त्यसको खुलासा तत्काल हुन सकेको छैन ।

अमेरिकाले तैनाथ गरेको एन्टी मिसाइल सिस्टमले ती रकेटहरूलाई असरहीन बनाइदिएको बीबीसी हिन्दीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !