८ माघ २०८१, मंगलबार

मन्त्रिपरिषद् विस्तारमा केही दिन ढिलाइ हुने,छिटो टुंग्याउनुपर्नेमा गठबन्धनको जोड

प्रकाशित मिति :  30 August, 2021 12:17 pm


काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताबीच मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएपनि अझै केही दिन लाग्ने भएको छ । गठबन्धन दलभित्र मन्त्री बन्नेको टुंगो नलागेपछि मन्त्रिपरिषद् अझै केही दिने लम्बिने देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् । तर मन्त्रिपरिषद् विस्तारका लागि केही समय लाग्ने देखिएको हो ।

छलफलबारे जानकारी दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको र केही दिनमा टुंगो लाग्ने बताए । उनले भने,“मन्त्रालय बाँडफाँड र मन्त्री बन्नेको टुंगो लाग्न बाँकी नै छ त्यसैले अब बढीमा एक दुईदिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।”

नयाँ सरकार बनेको डेढ महिना पुगसक्दापनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !