१३ मंसिर २०८१, बिहिबार

बुद्धभुमी नेपालको आइपिओमा आवेदन दिने म्याद थप

प्रकाशित मिति :  30 August, 2021 1:09 pm


काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्रि भएको उक्त आइपिओमा आवेदन दिने म्याद भदौ १५ गते भोलीसम्म थप भएको हो ।

आज सार्वजनिक विदा परेकोले साउन ३२ गतेबाट निष्काशन गरेको आईपीओमा आवेदन दिने समय भोली बैकिङ समयसम्म थप भएको हो ।हाइड्रोपावरले १ सय रुपैया अंकित १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

इच्छुक आयोजना प्रभावित क्षेत्रका लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन सक्ने छन ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको ९बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग० शाखा, प्रभु बैंक लिमिटेडको ९बट्टार, महादेभफाँट नुवाकोट० शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !