लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा
प्रकाशित मिति : 30 August, 2021 2:40 pm
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले एक सूचना निकाल्दै गत जेठ २८ गते सम्पन्न भएको १६ औं वार्षिक साधारणसभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो ।
उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्से र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको कम्पनीले जनाएको छ ।